के हो मुर्रा भैंसी प्रकरण ? जसले संसदमै मच्चायो हंगामा !

काठमाडौं । भारतले १५ वटा राँगा दिएको विषयमा संसदमा चर्काचर्की भएको छ । संसदमा यसअघि समेत मुर्रा भैंसी ल्याउन लागेका विषयमा चर्चा भइरहेको थियो । तर, सोमबार संसद बैठकमा भने प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा मूर्रा भैंसी ल्याउनेबारे स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्रीले यो विषय उठाएपछि त्यही विषयमा सांसदहरुबिच विवाद भएको हो । भारत सरकारले दिएको १५ वटा राँगा र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा संसदमा हंगामा भएको छ ।
भ्रमणका बारेमा संसदलाई जानकारी दिन रोष्ट्रम पुगेका प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा रास्वपा सांसद शिशिर खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाए । खनालले प्श्न उठाउनुभन्दा पहिलै प्रधानमन्त्री दाहालले मुर्रा राँगो ल्याउने विषयमा सात वर्षअघि नै कुरा भएको जानकारी दिदै प्रधानमन्त्री दाहालले अहिले आफुलाई मान्छेले भैंसी चढाएर हिँडेका छन् भनेका थिए ।
प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनालले भारत भ्रमणमा गएका प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग गरे । तर, एउटा सांसदले बोलिरहेको बेलामा अर्काले आपत्ति जनाएको भन्दै एमाले र रास्वापाका सांसदहरूले उठेर प्रतिवाद गरेका थिए । एमाले नेता सूर्य थापाले सत्ता पक्षले दादागिरी गरेको भन्दै नियमापत्ति भएको बताए ।
संसदमा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले ’भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिए । तर यो हटाउन भनेपछि एमाले सांसद रघुजी पन्तले पुन आपत्ति जनाउँदै प्रधानमन्त्रीले भैंसीको कुरा उठाएकाले प्रधानमन्त्रीले बोलेको विषय पनि रेकर्डबाट हटाउन माग गरे । उनको पछिपछि रास्वपा सभापति रवि लामिछानेले समेत प्रधानमन्त्री स्वयं भनेको कुरालाई लिएर आफ्ना सांसद हटाउने कुरा आपत्तिजनक भएको बताए । अन्तिममा सभामुख घिमिरेले भैसी चढेर आएको भन्ने जोसुकैले बोलेको भएपनि रेकर्डबाट हटाउन रुलीङ गरेपछि संसद बैठक शुरु भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१५ वटा राँगा, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #मुर्रा भैंसी
तपाईको कमेन्ट लेख्नुहोस्