रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कसरी भयो जिप दुर्घटना ? घाईतको हेलिकप्टरबाट उद्धार
काठमाडौं । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ को टुरीधारा मोसेखोलामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा २२ दिनको बच्चा र आमा सहित ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उहाँका २२ दिनका छोरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शितला केसी रहेका छन् । शितलाको उपचारका लागि लैजादै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि १० जना घाइते भएका छन् ।
गम्भिर घाईते भएका ४ जनालाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज पठाईएको छ । ४ जना घाईतेहरुहको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकोट खलंगा तर्फ आइरहेको लु १ ज १७४७ नम्बरको जिप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । उकालोमा ब्रेक फेल भएको हुनसक्ने आकलन गरिएको छ ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जिप दुर्घटनामा परि मृत्यु, #रूकुम पश्चिम
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्