प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दैनिक जुहारी, आफ्नै गुनगान गाउन ब्यस्त !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये प्रधानमन्त्रीको रुपमा को राम्रो भन्ने बहस सतहमा आएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा प्रचण्ड र ओली मध्ये सफल प्रधानमन्त्री को भन्ने बिषयमा बहस भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको आफू जस्तो प्रधानमन्त्री सितिमिति नभेटिने दाबी गरेका छन् । राष्ट्रियसभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीका रुपमा सबैलाई समेट्न सक्ने शक्ति आफुसँग रहेको बताउदै सरकारको नीति तथा कार्यक्रममा समेत सत्तापक्ष र प्रतिपक्ष भनिएका सबैका एजेण्डा समेटिएको बताए ।
आफूले पहिलोपटक विश्वासको मत लिँदा ९९ प्रतिशत सांसदको समर्थन पाएको प्रचण्डले बताए । हुन पनि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको बैठकमा पहिलो पटक बिश्वासको मत लिने क्रममा ९९ सय प्रतिसत सांसदको समर्थन पाएका थिए । यता प्रतिनिधिसभामा भने नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भने आफ्ना पार्टीका अध्यक्ष तथा पुर्व प्रधनमन्त्री केपी शर्मा ओलीको प्रसंसा गरेका छन ।
बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उनीबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिए । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि एमाले सांसद बाँस्कोटाले ओली हेडमास्टर मात्र नभएर ओलीमा प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबैको क्षमता रहेको बताएका हुन् । राष्ट्रिय सभामा आफ्नो प्रसंसा आफैले गरेपछी बिपक्षी सांसदहरुले प्रधानमन्त्री दाहालको आलोचना गरेका छन । यता आफ्ना अध्यक्षको प्रसंसा गर्ने क्रममा बाँस्कोटाले गरेको टिप्पणीलाई सत्तापक्षिय सांसदहरुले पत्याएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड र ओली
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्