प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दैनिक जुहारी, आफ्नै गुनगान गाउन ब्यस्त !
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्ये प्रधानमन्त्रीको रुपमा को राम्रो भन्ने बहस सतहमा आएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा प्रचण्ड र ओली मध्ये सफल प्रधानमन्त्री को भन्ने बिषयमा बहस भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको आफू जस्तो प्रधानमन्त्री सितिमिति नभेटिने दाबी गरेका छन् । राष्ट्रियसभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीका रुपमा सबैलाई समेट्न सक्ने शक्ति आफुसँग रहेको बताउदै सरकारको नीति तथा कार्यक्रममा समेत सत्तापक्ष र प्रतिपक्ष भनिएका सबैका एजेण्डा समेटिएको बताए ।
आफूले पहिलोपटक विश्वासको मत लिँदा ९९ प्रतिशत सांसदको समर्थन पाएको प्रचण्डले बताए । हुन पनि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको बैठकमा पहिलो पटक बिश्वासको मत लिने क्रममा ९९ सय प्रतिसत सांसदको समर्थन पाएका थिए । यता प्रतिनिधिसभामा भने नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भने आफ्ना पार्टीका अध्यक्ष तथा पुर्व प्रधनमन्त्री केपी शर्मा ओलीको प्रसंसा गरेका छन ।
बाँस्कोटाले एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी भएको र उनीबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिए । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि एमाले सांसद बाँस्कोटाले ओली हेडमास्टर मात्र नभएर ओलीमा प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबैको क्षमता रहेको बताएका हुन् । राष्ट्रिय सभामा आफ्नो प्रसंसा आफैले गरेपछी बिपक्षी सांसदहरुले प्रधानमन्त्री दाहालको आलोचना गरेका छन । यता आफ्ना अध्यक्षको प्रसंसा गर्ने क्रममा बाँस्कोटाले गरेको टिप्पणीलाई सत्तापक्षिय सांसदहरुले पत्याएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड र ओली
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्