संसद भवन जाँदा तामझाम नगर्न राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बिनातामझाम संसद् भवन नयाँ बानेश्वर जाने भएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने भन्दै उनले त्यस्ता तामझाम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताइएको छ । राष्ट्रपतिमा निर्वाचित भएसँगै सडक खाली गराएरै हिँड्ने परम्परालाई राष्ट्रपति पौडेलले सच्याउँदै आएका छन् ।
यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन जाँदा र अन्य सरकारी कार्यक्रममा सहभागी हुँदा सडक जाम गरिएको र नागरिकले सास्ती पाएको भन्दै चर्को आलोचना हुने गरेको थियो । तर, सुरक्षा निकायले भने अतिविशिष्टहरुको सुरक्षा प्रोटोकलका कारण सडक खाली गराउने गरिएको दाबी गर्दै आएको थियो ।
आज संसद् भवनबाट राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नीति तथा कार्यक्रम, #राष्ट्रपति रामचन्द्र पौडेल, #संसद् भवन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्