मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।
मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश पठाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताइन ।
रेशम चौधरी लगायतका कैदीबन्दीहरु रिहाईको विषय ऐन संशोधन गरेर मात्रै हुने बताउनुभयो । नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयहरुका बारेमा छलफल भएको पनि बताइन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #मिटरब्याजी
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्