रवि लामिछानेका सवारी चालक शम्भु थापाको निधन
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको बताइएको छ । चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापाका श्रीमती र दुई सन्तान छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रवि लामिछानेका सवारी चालक
ताजा खबर
- १मधेश प्रदेश सरकारले पायो पूर्णता, थपिए ६ मन्त्री
- २परिवारवादमा स्पष्ट छौं, विधि बाहिर जाँदैनौंः रवि लामिछाने
- ३पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँः गगन थापा
- ४दासढुंगा घटना षड्यन्त्र हो‚ मदन–आश्रितका हत्यारालाई कारबाही गर्छौं : बादल
- ५समानुपातिकमा ६४ दल, १८ दलले मात्रै दिए ११० सिटमा उम्मेदवारी



तपाईको कमेन्ट लेख्नुहोस्