तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतले विजयी, कांग्रेसका भट्टराईले दिए माला लगाएर बधाई
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन ।
वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका हुन । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे । वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवार रामचन्द्र पौडेलले भन्दा बढी मत ल्याएका हुन ।
यसैगरी निर्वाचित वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाई तथा शुभकामना दिएका छन् । दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । सोही कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराईले स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका हुन ।
सामाजिक संजालमा वाग्लेलाई बधाई दिदै भट्टराईले मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ बताएका थिए । वाग्लेले भने मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । मंंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #स्वर्णिम वाग्ले, #स्वर्णिम वाग्ले भारी मतले विजयी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्