तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय
काठमाण्डौ । निर्वाचन आयोगले रिक्त रहेका तीनै निर्वाचन क्षेत्रमा वैशाख १० मा नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ मा यसअघि नै बैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगले आज रिक्त रहेका तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको हो । नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
यता तनहुँ १ बाट निर्वाचित सांसद् रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित सांसद् रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएकोले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रिक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । बैशाख १० गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगले जनाएको छ ।
आयोगले थप निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय प्रदान गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपनिर्वाचन गर्ने, #निर्वाचन आयोग
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्