तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डौ । निर्वाचन आयोगले रिक्त रहेका तीनै निर्वाचन क्षेत्रमा वैशाख १० मा नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ मा यसअघि नै बैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगले आज रिक्त रहेका तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको हो । नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
यता तनहुँ १ बाट निर्वाचित सांसद् रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित सांसद् रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएकोले उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रिक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । बैशाख १० गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगले जनाएको छ ।
आयोगले थप निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । उपनिर्वाचन प्रयोजनको लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय प्रदान गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपनिर्वाचन गर्ने, #निर्वाचन आयोग
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्