सर्बोच्च अदालतमाथि प्रश्न उठाउने को हुन् रवि लामिछानेका समर्थक ?
काठमाडौं । सर्बोच्च अदालतले रवि लामिछानेको सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष समेत पद जाने गरी शुक्रबार फैसला गरिदियो । नागरिकता पुनः प्राप्तीका लागि लामिछानेले प्रक्रिया अघि नबढाएकै कारण उनी अनागरिक बने ।
गृहमन्त्रालयबाट निष्किदै गर्दा अदालतको आदेश पूर्ण रुपमा मान्ने र अदालत भन्दा ठूलो कोही पनि नहुने रवि लामिछानेले बताएका थिए । तर, उनै रविको पक्षमा भन्दै अदालतको अवहेलना हुनेगरी केही ब्यक्तीहरुले काठमाडौंको माइतीघरमा प्रर्दशन गरेका छन् ।
सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रर्दशन के का लागि गरिएको हो भन्ने जवाफ समेत अधिकांश सहभागिहरुलाई पत्तै थिएन ।
पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।
अझ् प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका थिए । सर्बोच्च अदालतले गरेको फैसलामाथि नै प्रश्न उठाउने गरी गरिएको प्रर्दशनलाई स्वयम् रवि लामिछानेले किन रोक्न सकेनन् भन्ने प्रश्न समेत उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #सर्बोच्च अदालत
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्