कांग्रेसले पनि देला त प्रचण्डलाई विश्वासको मत, किन छन् प्रचण्ड ढुक्क !
काठमाडौं । नेकपा एमाले लगायत साना दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसको समेत मत पाउने दाबी गरेका छन् । मंगलबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसको पनि साथ लिएर राष्ट्रिय सहमतिको सरकार बनाउन चाहेका छन् ।
उनले नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा समेत सके काँग्रेसलाई समेत सरकारमा सामेल गराउने, सरकारमा जानका आनाकानी गरे काँग्रेसको समेत विश्वासको मत लिने बातावरण तयार गर्ने सुनाएका थिए । कांग्रेसले पनि विश्वासको मत दिनेमा लगभग प्रचण्ड ढुक्क जस्तै छन् । तर, काँग्रेस प्रवक्ता डा. प्रकासशरण महतले भने आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताए ।
उनले यसबारेमा मंगलबार विहान बस्ने संसदीय दलको बैठकले निणर्य गर्ने जानकारी दिए । प्रचण्डलाई विश्वासको मत दिने कि विपक्षमा बस्ने बारे काग्रेसमा मत विभाजन छ । शेखर गगन समुहले पार्टी बिपक्षमा बसेर शतिm संचय गर्नुपर्नेमा जोड दिदै आएको छ ।
संस्थापन समुहले प्रचण्डलाई विश्वासको मत दिने र राष्ट्रपति सभामुख लगायतका पदमा दावी गर्ने तथा गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन सकिने आकलन सहित अगाडी बढेको बताइएको छ । कांग्रेस निकट श्रोतले सभापति शेरवहादुर देउवा पार्टी संसदीय दलबाट निर्णय गराएर प्रचण्ड नेतृत्वको सरकारलाई बिश्वासको मत दिने तयारीमा रहेको बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एमाले, #पुष्पकमल दाहाल प्रचण्ड, #विश्वासको मत लिन
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्