भारतबाट घटेर आयो इन्धनको मूल्य
काठमाडौं । भारतको इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । कर्पोरेशनले आइतबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँका दरले मूल्य घटेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
घटेको मूल्य आजै रातिबाट लागू हुनेछ । यद्यपी नेपालमा भने निगमले मूल्य नघट्ने जानकारी गराएको छ । हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँका दरले घाटा भएकाले पेट्रोल, डिजेल र मट्टिटेलकमा हुने केही नाफालाई गणना गर्दा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य पुनः घटबढ हुने क्रममा रहेको, अझै इन्डियन कर्पोरेशनलाई १८ अर्ब रुपैयाँ ऋण तिन बाँकी रहेको र इन्धनको आपूर्ति सुचारु राख्न नेपालमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्धनको मूल्य, #नयाँ मूल्यसूची
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्