भारतबाट घटेर आयो इन्धनको मूल्य
काठमाडौं । भारतको इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । कर्पोरेशनले आइतबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँका दरले मूल्य घटेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
घटेको मूल्य आजै रातिबाट लागू हुनेछ । यद्यपी नेपालमा भने निगमले मूल्य नघट्ने जानकारी गराएको छ । हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँका दरले घाटा भएकाले पेट्रोल, डिजेल र मट्टिटेलकमा हुने केही नाफालाई गणना गर्दा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य पुनः घटबढ हुने क्रममा रहेको, अझै इन्डियन कर्पोरेशनलाई १८ अर्ब रुपैयाँ ऋण तिन बाँकी रहेको र इन्धनको आपूर्ति सुचारु राख्न नेपालमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्धनको मूल्य, #नयाँ मूल्यसूची
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्