पत्रकार महासंघले भन्यो डिजिटल माध्यमबाट प्रेसमाथि आक्रमण बढ्यो
काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो
। अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको महासचिव रोसन पुरीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । जसमा १ सय ३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा संञ्चार संस्था प्रभावित भएका छन् ।
सन् २०२२ मा संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका कतिपय ऐन प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेको महासंघले बताएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डिजिटिल प्रविधि, #नेपाल पत्रकार महासंघ, #पत्रकारमाथि आक्रमण
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्