पत्रकार महासंघले भन्यो डिजिटल माध्यमबाट प्रेसमाथि आक्रमण बढ्यो
काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो
। अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको महासचिव रोसन पुरीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना भएका छन् । जसमा १ सय ३२ जना पुरुष, १८ जना महिला पत्रकार र ६ वटा संञ्चार संस्था प्रभावित भएका छन् ।
सन् २०२२ मा संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका कतिपय ऐन प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेको महासंघले बताएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डिजिटिल प्रविधि, #नेपाल पत्रकार महासंघ, #पत्रकारमाथि आक्रमण
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्