प्रतिनिधिसभाका २ सय ७५ सदस्यको पद तथा गोपनियताको शपथ आज
काठमाडौं । प्रतिनिधिसभाका २ सय ७५ सदस्यले पद तथा गोपनियताको शपथ आज लिदैछन् । संघीय संसद् सचिवालयले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि शपथको तयारी गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ गराउने छन् ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था रहेको छ। राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले सांसदलाई आग्रह गरेको छ। यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ।
२६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिनेछन् । सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन भनिएको छ । सपथग्रहणअघि मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा १०९ गरी २७४ प्रतिनिधिसभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको हो ।
२७५ सदस्यीय प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिइसकेका छन्। उनी राप्रपाबाट समानुपातिकतर्फका सांसद हुन् । शपथग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #२ सय ७५ सदस्य, #पद तथा गोपनियताको शपथ, #साँस्कृतिक पहिचान
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्