Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

नेपाल आयल निगमको मनपरी, स्वचालित मूल्य प्रणालीमा वेवास्ता, मूल्य घट्दा समेत घटाइएन


काठमाडौं । नेपाल आयल निगम स्वचालित मूल्य प्रणालीमा संचालित छ । तर, पट्रोलियम पदार्थको मुल्य घटेर आउँदा पनि निगमले मुल्य समायोजनमा चासो देखाएको छैन । पेट्रोलियम पदार्थको मुल्य घटाउन निगमले तदारुकता देखाउन नसक्दा ईन्धनको मुल्य महँगो भएकै कारण बजारमा महँगी बढ्न थालेको छ । तर, निगम सधैको झै भन्छ ऋण तिर्न बाँकी छ । नेपाल आयल निगमले खरिद गर्ने पट्रोलियम पदार्थको खरिद मुल्यमा कमी आएको छ ।

बजारमा १८१ रुपैँया कायम रहेको पेट्रोललाई आयल निगमले १६८ लागत मा खरिद गरिरहेको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर १३ रुपैयाँ फाइदा छ । प्रतिलिटर १७८ रुपैयाँ कायम रहेको डिजललाई निगमले खरिद १७७ रुपैर्या ४७ पैसा लागतमा खरिद गरेको छ । डिजलमा पनि निगम प्रतिलिटर ४३ पैसा मुनाफामा छ । यसअनुसार निगमले १५ दिनमा पेट्रोलमा ३४ करोड रुपैयााँ र डिजेलमा करिब ३ करोड नजिक फाईदा हुने देखिन्छ ।

त्यस्तै घटेर आएको नयाँ मुल्यसूची अनुसार निगमलाई मट्टीतेलमा डेढ करोड,आन्तरिक हवाई ईन्धनमा ९ करोड,अन्तराष्ट्रिय हवाई ईन्धनमा ४७ करोड नाफा हुने देखिन्छ । एलपीजी ग्यासँमा निगमले १५ दिनमा ३६ करोड घाटा ब्यहोर्नुपरेपनि बाँकी पेट्रोलियम पदार्थमा मूनाफा बढी छ । २०७४ साल देखि नै आयल निगमले पटक पटक स्वचालित मूल्य प्रणालीको बख्यान गर्ने गर्दछ । तर, आयातमा लागत घट्दा पनि निगमले कायम मुल्य घटाउन चासो देखाएको छैन ।

निगमको सधैको झै जवाफ छ ऋण तिर्न बाँकी छ । बजारमा पेट्रोलियम पदार्थको मुल्यमा कमी आउँन नसक्दा महँगी बढ्न थालेको छ । यति सम्म कि गरिब निमुखा जनता बजार जान सक्ने अवस्था नै छैन । तर, नेपाल आयल निगमले भने अझै २७ अर्व बक्यौता रहेको बताउँछ । पेट्रोलियम पदार्थको मूल्य निगमले स्वचालित बनाउन नसक्दा उपभोक्ता मारमा परेको उपभोक्ताकर्मीको दावी छ । तर, निगम भने नयाँ मुल्यसूचीमा मूल्य घट्दा पनि उपभोक्ताको समस्यालाई देखेको नदेखेझैं गरिरहेको छ ।

तेलसम्बन्धी केही जानकारहरु पनि अनुसार आगामी दिनमा कच्चा तेलको माग घट्ने हुनाले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य अझै घट्न सक्ने बताउँछन् । तर, पट्रोलियम पदार्थको नयाँ मुल्यसुची अनुसार निगमले स्वाचालित मुल्य प्रणालीतर्फ ध्यान नदिदाँ निगममाथि नै प्रश्न उठेको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निगमको मनपरी, #पट्रोलियम पदार्थ, #मूल्य घट्दा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं