रुकुमको स्यार्पूतालमा सुरु भयो पर्यटन महोत्सव,१५ गते सम्म विभिन्न कार्यक्रम हुने

रुकुमपश्चिम । जिल्लाको बाँफिकोटमा ११ औं स्यार्पू पर्यटन महोत्सव सुरु भएको छ। मंगलबार रुकुम पश्चिमको प्रमुख पर्यटकीयस्थल स्यार्पुताल परिसरमा आयोजना गरिएको ११ औं स्यार्पू पर्यटन मेलाको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे । स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिकाको आयोजनामा भएको महोत्सवमा प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको बताए ।
सवै राजनीतिक दलहरु एक भएर स्यार्पू ताललाई झन माथी उठाउन तत्पर रहनुपर्ने पनि उनले बताए । कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामी, आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगर उपाध्यक्ष तारा बुढा केसी लगायतको आतिथ्यता रहेको थियो ।
स्यार्पू पर्यटन मेला असोज ११ देखि १५ गते सम्म सञचालन हुनेछ । सो अवधिमा विभिन्न कार्यक्रमहरु सन्चालन हुने स्यार्पू युवा तथा खेलकुद विकास समितिले जनाएको छ । पुरुष भलिवल, महिला भलिवल, खुल्ला पुरुष, महिला ब्याटमिन्टन, पौडी रेस, रस्साकस्सी, लोक दोहोरी, भाले तान्ने र छेलो हान्ने जस्ता कार्यक्रम हुनेछन ।
स्यार्पूको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि २०६७ सालमा पहिलो पटक स्यार्पू पर्यटन महोत्सव आयोजना गरिएको थियो। हरेक वर्ष पर्यटन प्रवर्द्धनका लागि स्यार्पूमा पर्यटन महोत्सव आयोजना गर्ने लक्ष राखिए पनि बीचमा वर्षेनी मेला मात्र आयोजना हुने गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, पर्यटन, राजनीति, समाचार
ट्याग : #पर्यटकीयस्थल, #स्यार्पू पर्यटन महोत्सव
ताजा खबर
- १कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !
- २दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
- ३वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाइदैं
- ४भारतको मणिपुर फेरि अशान्त, कर्फ्यु लागू
- ५सुरक्षाको कारण देखाउदै पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सार्न आदेश
तपाईको कमेन्ट लेख्नुहोस्