दशैंमा घर जाने योजनामा हुनुहुन्छ ? कोठा छाड्दा यी कुरा बिर्सेर पनि नगरौं
काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । उसले आफू कोठा छाडेर घर जान लागेको सूचना सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू भएको भन्दै कोठा छाड्ने सूचना सार्वजनिक नगर्न प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले आग्रह गरे ।
हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने भन्दै प्रहरीले यस्ता विवरण राख्न सबैलाई अनुरोध समेत गरेको छ । प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ ।
घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रहरीले सबैलाई अनुरोध गरेको हो ।
चाडपर्वमा पाकेटमार, चोरी, डकैती र लुटपाटका घटना धेरै हुने हुँदा बैंक वित्तीय संस्था, भिडभाड हुने ठाउँ, मेला लाग्ने ठाउँ र मठमन्दिर लगायतका भित्री क्षेत्रमा प्रहरीको सङ्ख्या बढाउने र चेक प्वाइन्टमा गस्ती खटाउन थालिएको छ । चोरी नियन्त्रणमा प्रहरीसँगै समूदाय र व्यक्तिको समेत भुमिका रहने भएकाले तपाई हामी सबै सचेत बन्नुपर्ने हुन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं उपत्यका, #प्रहरीले चाडपर्व, #विशेष सुरक्षा योजना
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्