अवैध संरचना हटाउन ललितपुर महानगरले दियो ३५ दिने अल्टिमेटम
काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो ।
ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना हटाउन सूचनामा भनिएको छ।
त्यस्तै नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृती लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना तोकिएको समयावधिभित्र सुधार गर्न वा हटाउन पनि सूचित गरिएको छ।
तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ। काठमाडौं महानगरले अतिक्रमित संरचना हटाउन थालेपछि बिभिन्न स्थानीय सरकार पनि तातिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #३५ दिने सार्वजनिक सूचना, #अवैध संरचना, #ललितपुर महानगरपालिका
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्