Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

धनगढीमा डा. गोविन्द केसीले सुरु गरे २० औं सत्याग्रह, पत्रकारसँग बोल्दाबोल्दै भक्कानिए


काठमाडौं । सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसीले धनगढीमा फेरि सत्याग्रह सुरु गरेका छन् । उनले सोमबार साँझ साढे ५ बजेदेखि धनगढी एलएन चोकस्थित कृष्ण मन्दिरको गीता सत्सङ्ग भवनमा आफ्नो २० औं पटकको सत्याग्रह सुरु गरेका हुन् ।

सत्याग्राह सुरु गर्नु अघि पत्रकारहरुसँग कुरा गर्दै उनले विगतका सरकारले झै अहिलेको सरकारले पनि आफ्नो मागलाई बेवास्ता गरेको गुनासो गरे ।उनले बाध्य भएर आफूले सत्याग्रहको बाटो रोज्नुपरेको बताए ।

उनले भने, ‘शीर्ष नेताहरु चाहे ओली भनौं, चाहे देउवा भनौं, चाहे प्रचण्ड, गरिबले तिरेका करबाट उपचार गराउन विदेश जाने तर उनीहरुलाई भोट दिइ नेता बनाउने गरिब नागरिकहरु उपचार नपाइ मर्नुपर्ने ? गरिबको बाँच्ने अधिकार छैन, यो अवस्थामा म मरे मर्छु ।

एक जना मर्दैमा के हुन्छ ? आमनागरिकहरु त्यतिकै मरिरहेका छन् ।’ यति बोलेपछि उनी भक्कालिएका थिए । केही बेरपछि पुनः उनले भने, ‘म आफ्नो नैतिकलाई ठूलो मान्छु । त्यसैले मैले अहिलेसम्म आफ्नो सत्याग्रहको गरिमा गिर्न दिएको छैन । भन्दै डाक्टर केसी भाबुक भएका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सत्यााग्राही प्रा. डाक्टर गोविन्द केसी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं