बर्खास्तमा परेका हाकिम नै हाजिर गर्न कार्यालयमा, के–के गरे काम ?
काठमाडौं । कुनै पनि ब्यक्ती पदबाट हटाइएपछि कार्यालयमा जाँदैनन् । आफ्ना भएका केही सामान पनि अरु ब्यक्तीबाटै आफनो निवाससम्म ल्याउन लगाउछन् । तर, एक जना संस्थाका कार्यकारी अध्यक्ष भने सरकारले बर्खास्त गर्दा समेत कार्यालयमा आएर हाजिर धस्काइरहेका छन् ।
सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी आइतबार कार्यालयमा आएर हाजिर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो । भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको बताइएको छ ।
सामान्यतयाः सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय गएको साहेद यो पहिलो घटना हो । सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।
सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो । तर, कार्यालयमा कर्मचारीमाथि दुरब्र्यबहार गरेको आरोप लागेका उनै अधिकारी सरकारले बर्खास्त गर्दा समेत कार्यालयमा आएर हाजिर गरिरहेका छन् । बर्खास्तमा परेका अध्यक्ष सेवा सुविधा सहित कार्यालय आउदा कर्मचारी भने आश्चार्यमा परेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, #युवराज अधिकारी
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्