बालेनको रहरः यमवुद्धको शालिक आफ्नो तलबबाट बनाउने, तीन बर्षको तलव लाग्ने
काठमाडौं । महानगरपालिकाले र्यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएको भन्दै चौतर्फी विरोध भएपछि मेयर बालेन साहले स्टाट्स नै लेखेका छन् । चर्को बिरोध हुन थालेपछि मेयर शाहले यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका छन् ।
साहको प्रस्तावमा आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारी पैसामा साहले आफू निकटको सालिक बनाउन लागेको भन्दै आलोचना सुरु भएको थियो । उनको यो निर्णयप्रति कलाक्षेत्रकै व्यक्तिहरुले समेत आपत्ति जनाएका थिए ।
शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरुको दिन शुभ रहोस् ।’ मेयर साहलाई यमबुद्धको सालिक बनाउन तीन वर्ष धेरै लाग्ने देखिन्छ । साहले सालिक बनाउन तीन वर्षसम्म आफ्नो तलव दिनु पर्नै भएको छ ।
स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन् । नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिका तथा उपमहानगरपालिका मेयरको मासिक तलब ४२ हजार तथा ४० हजार रूपैयाँ तोकेको छ ।
यसरी चार वर्षको कार्यकालमा मेयर शाहले २० लाख १६ हजार तलव बुझ्नेछन् । महानगरले यमबुद्धको सालिक बनाउन १५ लाख खर्च गर्ने बताएको थियो । बालेनको तीन वर्षको तलबबाट यमबुद्धको सालिक बन्नेछ । यमबुद्ध भनेर चिनिने अनिल अधिकारीले २०७३ सालमा लण्डनमा आत्महत्या गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #१५ लाख रुपैयाँ विनियोजन, #मेयर बालेन साह, #र्यापर यमबुद्ध
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्