किन लिइयो विचाराधीन नागरिकतासम्बन्धी विधेयक फिर्ता, बुधबार अर्को संशोधन विधेयक पेश गर्ने
काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐनको अर्को संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले हाल प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर अर्को संशोधन विधेयक लैजाने तयारी गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । त्यसअघि मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको थियो ।
सरकारले २०७५ सालमा ल्याएको नागरिकतासम्बन्धी संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरी प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरिसकेको छ । तर, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि नागरिकता दिने भन्ने विवाद छ । यो विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताले सहमति जुटाएपछि अर्को संशोधन विधेयक मस्यौदा गर्ने तयारीमा कानुन मन्त्रालय रहेको बुझिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नागरिकता ऐन, #प्रतिनिधिसभा, #संशोधन विधेयक पेश
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्