प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द, वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित
काठमाडौं । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले बिभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको असारमा हुने भनिएको अमेरिका भ्रमण योजना रद्द गरिएको छ ।
बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय पनि गरेको थियो । प्रधानमन्त्री देउवाले यहि असारमा अमेरिका भ्रमणको तयारी गरेपनि एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि उनको भ्रमण रद्द भएको हो ।
त्यस्तै, सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले जेठ २५ गते अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष अधिकारीलाई निलम्बन गर्न मन्त्रिपरिषदमा दर्ता गराएको थियो।
निगम प्रवेशपछि हालसम्म कुनै पनि उपलब्धिमूलक काम नभएको र उल्टै निगमलाई हानी पुर्याएको, न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाइ गरेको, निजी वायुसेवालाई ट्विनअटर चार्टरका लागि दिएको, टर्कीको एक कम्पनीलाई पिएसएस ठेक्का अपारदर्शी ढंगले सुम्पेको, निगम कर्मचारीमाथि अभद्र व्यवहार गरको लगायतका कारण अध्यक्ष अधिकारीलाई निलम्बन गरिएको बताइएको छ ।
निगमका कर्मचारीहरूले समेत पटक पटक अध्यक्ष अधिकारीको राजीनामा माग्दै आइरहेका थिए। गत वैशाखमा कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल वायु सेवा निगमका तीनवटै संयुक्त ट्रेड युनियनमा आवद्ध कर्मचारीहरूले कार्यकारी अध्यक्ष अधिकारीको राजीनामा माग गरेका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एसपीपी, #कर्मचारीमाथि अभद्र, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्