संसदमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले सम्बोधन गर्ने,एमालेले अर्थमन्त्रीलाई बोल्न देला ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अजको संघीय संसदमा सम्बोधन गर्ने भएका छन् । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।
सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
त्यस्तै, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #प्रधानमन्त्री शेरबहादुर देउवा, #संघीय संसद
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्