गठबन्धनको निर्णयः चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने
काठमाडौं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त रुपमा वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।
गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति जुटेको छैन् । बैठकमा विभिन्न जिल्लामा गठबन्धनमा देखिएका समस्याबारे छलफल भएको थियो ।
बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइएको छ । बैठकमा तालमेलबारे समस्या देखिएका जिल्ला र स्थानीय तहमा केन्द्रबाट नै निर्णय गर्न सकिनेबारे छलफल सुरु भएको समेत बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चुनावी तालमेल, #प्रधानमन्त्री निवास बालुवाटार, #सत्तारुढ गठबन्धन
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्