काठमाडौंमा सुरु भयो एनआरएनएको १० औँ विश्व सम्मेलन, अर्थमन्त्री शर्माले गरे उद्घाटन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । लामो बिवाद र छलफलपछि होटेल याक एण्ड यतीमा सुरु भएको सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । अर्थमन्त्री शर्माले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको भन्दै एकीकृत एनआरएनको आवश्यकता रहेको बताए । शर्माले विधानलाई मिचेर काम नगर्न सबै गैरआवासीय नेपालीलाई आग्रह गरे ।
एनआरएनएलाई एक बनाउन संरक्षक शेष घलेलाई आग्रह गरेका मन्त्री शर्माले नेपाली बैंकमा निक्षेप खाता खोल्न आग्रह समेत गरे । अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्वपूर्ण भूमिका खेलेको भन्दै सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन घलेले भुमिका खेल्नुपर्ने बताए ।
प्रमुख संरक्षक शेष घलेले अर्थमन्त्रीसहित प्रतिनिधिहरु आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको बताए । पन्त पक्षधरले कुल आचार्य र बद्री केसीलाई आधा–आधा कार्यकाल अध्यक्ष बनाउन प्रस्ताव गरेपनि संरक्षक घलेले आफूलाई यस विषयमा जानकारी नभएको बताए । एनआरएनए राजनिति भन्दा सेवा र सत्कर्मबाट अघि बढ्नुपर्ने भन्दै धेरै देशहरुबाट प्रतिनिधि आइसकेको समयमा निर्वाचनको काम अघि बढ्ने उनले बताए ।
एनआरएनएका पूर्व अध्यक्ष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको भन्दै सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता भएको बताएका थिए । त्यस्तै, गैरआवासीय नेपाली संघ विश्व सम्मेलन मूल आयोजक समितिका संयोजक सोनु लामाले विधान र विधिविपरीत कुनै काम हुन नदिने दाबी गरिन । एनआरएनएलाई कुनै व्यक्तिको हितमा प्रयोग गर्न नदिने दाबी गरेकी लामाले संस्थामा राजनीति घुसाउन खोजिएको भन्दै आपत्ति जनाइन ।
‘कुल आचार्य कांग्रेसको अनि कुमार पन्त एमालेको भन्छन्, त्यस्तो होइन हाम्रोमा राजनीति पस्नु हुन्न’ लामाले राजनीति मुक्त एनआरएन अहिलेको आवश्यकता भएको उनको भनाई थियो । विश्व सम्मेलनमा कोरोनाको प्रतिबन्द्धका बाबजुत २५ देखि ३० देशहरुबाट एनआरएन प्रतिनिधिहरु उपस्थिति भएको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री शर्मा, #गैरआवासीय नेपाली संघ, #शेष घले
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्