राष्ट्रपतिद्धारा संघीय संसदका दुबै सदनको चालू अधिवेशन अन्त्य
संघीय संसदका दुबै सदनको चालू अधिवेशन अन्त्य भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् । सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार नेपालको संविधान धारा ९३ को उपधारा २ अनुसार मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो । यसअघि चैत दुई गतेका लागि प्रतिनिधि सभा बैठक आह्वान भएको थियो ।
गत माघ १६ गते राष्ट्रियसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । मंसिर २८ गते संसदको चालु अधिवेशन शुरु भएको थियो । यो अधिवेशन अवधिभर प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरिरह्यो । एमालेको अवरोधकाबीच पनि एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको थियो । यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
महाअभियोग सम्बन्धि प्रस्ताव अव महाअभियोग सिफारिस समितिमा छलफल हुनेछ । सरकारले जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था भएकाले अब बजेट अधिवेशन बोलाउनु पर्नेछ । केही दिन अगाडि सत्तारुढ दलका शिर्ष नेताहरुले एमालेले प्रतिनिधिसभा अबरोध जारी राखे संसद भंग गर्ने भनाई सार्वजनिक भइरहेको बेला सरकारले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा, #राष्ट्रियसभा, #सदनको चालू अधिवेशन अन्त्य
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्