संसद बैठक ६ मिनेट बस्यो, सांसदको तलव भत्ता पाक्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ मिनेट बसेर स्थगित भयो । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।
त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरेका छन् । यो सबै प्रक्रियाका पूरा गर्न प्रतिनिधिसभाको युटुवमा ८ मिनेट देखाएपनि ६ मिनेटमै सकियो । एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।
माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ । ६ मिनेट बैठक बसे पनि सांसदको तलव र भत्ता पाक्यो ।
हाजिर गरेर कुर्सीमा बसिसकेका सांसदले बैठक सुरु हुने समयमा मात्रै स्थगित भएको सूचना पाएपनि तलव भत्ता पाउने ब्यवस्था छ । सांसदको एक दिनको भत्ता एक हजार र यातायात भाडा १ हजार गरी २ हजार भत्ता पाउने ब्यवस्था छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #६ मिनेट बसेर स्थगित, #प्रतिनिधिसभाको बैठक
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्