संसद बैठक ६ मिनेट बस्यो, सांसदको तलव भत्ता पाक्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ मिनेट बसेर स्थगित भयो । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।
त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक यहि फागुन २२ गते बस्नेगरी स्थगित गरेका छन् । यो सबै प्रक्रियाका पूरा गर्न प्रतिनिधिसभाको युटुवमा ८ मिनेट देखाएपनि ६ मिनेटमै सकियो । एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।
माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ । ६ मिनेट बैठक बसे पनि सांसदको तलव र भत्ता पाक्यो ।
हाजिर गरेर कुर्सीमा बसिसकेका सांसदले बैठक सुरु हुने समयमा मात्रै स्थगित भएको सूचना पाएपनि तलव भत्ता पाउने ब्यवस्था छ । सांसदको एक दिनको भत्ता एक हजार र यातायात भाडा १ हजार गरी २ हजार भत्ता पाउने ब्यवस्था छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #६ मिनेट बसेर स्थगित, #प्रतिनिधिसभाको बैठक
ताजा खबर
- १खरानी ग्याङले सम्मानको अर्थ नबुझ्नु स्वाभाविकै होः राधिका शाक्य
- २देशभर ग्यासको हाहाकार, उद्योगमन्त्री नै अलमलमा, ब्यवसायीको लुट
- ३२०८२ साल भदौ २४ गते देशमा विध्वंश भएको दिन, के के भएको थियो टाइमलाइन
- ४अमानवीय र तुच्छ गालीगलौज गर्नेलाई पार्टीबाट निकाल्ने रविको घोषणा
- ५सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले पाउने देउवाको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्