वैदेशिक रोजगारीमा जाने श्रमिकले अब पीसीआर परीक्षण गर्दा शुल्क नलाग्ने
काठमाडौं । अब वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले कोरोना भाइरसको पीसीआर परीक्षणमा शुल्क नलाग्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको आग्रहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।
यसअघिसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्थ्यो । अब सरकारी अस्पताल अर्थात शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले निःशुल्क पीसीआर परीक्षण गर्न पाउनेछन् ।
पीसीआर परीक्षण निःशुल्क गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पीसीआर परीक्षण, #मन्त्री कृष्णकुमार श्रेष्ठ, #वैदेशिक रोजगारी
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्