संसद बैठक बस्दै,एमसीसी पारित गराउने रणनितिमा प्रधानमन्त्री देउवा
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसुची छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ। बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको थियो । एमसीसी परियोजना सम्झौता टेबल भएपछि सत्तारुढ गठबन्धन र विपक्षमा उभिएको प्रतिपक्षीले आज बस्ने प्रतिनिधिसभा बैठकलाई आफू अनुकूल प्रयोग गर्ने रणनीति अख्तियार गर्ने भएका छन्।
आजको बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल शुरु हुने बताइए पनि त्यसको टुङ्गो लागेको छैन। प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने बताइरहेका बेला सभामुख अग्निप्रसाद सापकोटालाई छलफलमा भाग लिने सांसदहरुलाई समय उपलब्ध गराउन सकस हुने देखिन्छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ। तर, गत आइतबार सम्झौता टेबल गर्ने समयमा पनि अनुपस्थित रहेका शर्मा आजको बैठकमा उपस्थित हुने सम्भावना न्यून छ। एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रबाट मन्त्री बनेका शर्मा पार्टी निर्देशन विपरीत जाने सम्भावना छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन शर्मा, #एमसीसी, #प्रतिनिधिसभाको बैठक
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्