पूर्वराजा ज्ञानेन्द्र शाहको दुखेसोः अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने बताएका छन्। ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध नै सही प्रजातान्त्रिक प्रणाली भएको भन्दै राष्ट्रियता बिनाको प्रजातन्त्र, आकाशमा महल बनाएजस्तो हुने बताए । उनले न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ।’ भन्दै ब्यंग्य गरेका छन् ।
राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैँ एक रही आएको र रही रहने उनले सन्देशमा उल्लेख गरेका छन्। शनिबार राजा त्रिभुवनको स्मृतिमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। पूर्वराजा शाहले सन्देशमा भनेका छन्, ‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पु¥याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ। यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तनयोग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्छ।’ उनले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नरहेको सन्देशमा उल्लेख गरेका छन्।
‘प्रजातन्त्रिक व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो’, उनले सन्देशमा भनेका छन्, ‘अरूले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन। जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन।’ देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र नरहेको उनले सन्देशमा उल्लेख गरे । ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वतः स्फूर्त एवं लोकसम्मत हुन्छ र हुनुपर्छ। अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्याइरहेको छ, विचारणीय प्रश्न छ’, उनले सन्देशमा उल्लेख गरेका छन्। जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धति र विधि विधानमा लाग्न सबैको ध्यान जाओस् भन्ने कामना उनले गरेका छन्।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वराजा ज्ञानेन्द्र शाह, #प्रजातन्त्र दिवस
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्