सहकारीमा नयाँ नियमः वार्षिक २ करोड बढी कारोबार गर्ने सहकारीमा सञ्चालक कर्मचारी हुन नपाउने
काठमाडौं । सहकारी विभागले आइतबार एकीकृत निर्देशन जारी गर्दै वार्षिक २ करोड भन्दा माथिको कारोबार गर्ने सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्ती सहकारी संस्थाको कर्मचारी हुन नपाउने ब्यबस्था गरेको छ । हालै सहकारी विभागले सहकारी सञ्चालनमा कडाई गर्दे आएको छ ।
विभागले जारी गरेको निर्देशनअनुसार अब सहकारी संस्थाको सञ्चालक समिति, लेखा समिति तथा अन्य उपसमितिमा रहेको व्यक्ती र उनीहरुका एकाघर परिवार अथवा संगोलका व्यक्तीहरु पनि सहकारी संस्थाको कार्यकारी प्रमुख वा अन्य कुनैपनि कर्मचारीको रुपमा काम गर्न बन्देज लगाएको छ । यस्तो ब्यवस्थाले आफु र आफ्ना आफन्त सञ्चालक र कर्मचारी राखेर सञ्चालन भईरहेका विषेश गरी शहरी क्षेत्रका सहकारीहरु भने समस्यामा परेका छन् ।
सहकारी विभागले यहि फागुन १ गते आइतबार एकीकृत निर्देशन जारी गर्दै यस्तो ब्यबस्था गरेको हो । सहकारी संस्थामा हुने गरेका अनियमितता, उनुपयक्त ठाउँ वा ब्यक्तिमाथिको कर्जा लगानी र हुने जोखिम तथा बचतकर्ताको रकम हिनामिना लगायतको समस्या समाधान गर्नको लागी विभागले सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ४ मा रहेको व्यवस्था अनुसार नै एकीकृत निर्देशन जारी गरेको जनाएको छ । यस्तो ब्यबस्थाले अब सहकारीको कर्मचारीको हैसियतले सञ्चालक समिति, लेखा समिति तथा अन्य उप समितिको बैठकमा समेत भाग लिन रोक लगाएको छ ।

क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सहकारी विभाग
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्