अर्थमन्त्री जनार्दन शर्माको सफलता, ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्य भन्दा बढी अर्थात १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो ।
अन्तःशुल्कबाट मात्र ८५ अर्ब भन्दा माथि राजस्व उठेको छ । यस्तो राजस्व अन्तःशुल्कमा दर्ता भएका मदिरा, वियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा लाग्ने शुल्कबाट संकलन हुन्छ । साथै यस्तो वस्तुको पैठारीमा समेत अन्तःशुल्क लाग्ने गर्छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो ६ महिनामा आन्तरिक उत्पादनतर्फ ५० अर्ब ७२ करोड र पैठारीतर्फ ३४ अर्ब ५१ करोड गरी कुल ८५ अर्ब २३ करोड अन्तःशुल्क राजस्व उठेको हो ।
यो वर्ष आन्तरिक उत्पादनतर्फ उठेको अन्तःशुल्क गत आवको यसै अवधिको तुलनामा ३४.०४ प्रतिशत बढी रहेको छ । समग्र अन्तःशुल्कमा ४३ प्रतिशतको वृद्धि देखिएको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको कर संकलनमा अन्तःशुल्कको हिस्सा १७.०६ प्रतिशत रहने गरेको छ ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #चालु आर्थिक वर्ष, #राजस्व
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्