प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा,प्रचण्ड माधव विपक्षमा
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरूबीच एमसीसीका बिषयमा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले प्रचण्ड र माधवलाई एमसिसी फागुन २ गते बस्ने बैठकमा पेश गर्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्ड माधवले संसदमा पेश गर्न नहुने अडान कायमै राखेका छन्।छलफलमा एमसिसीसहित स्थानीय चुनावलगायत विषयमा छलफल भइरहेको छ। एमसिसीलाई लिएर सत्ता गठबन्धनका नेताहरुमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ।
बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए। त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गर्दै फोन गरेका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अमेरिकी सहयोग परियोजना, #सत्तारूढ गठबन्धन
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्