बाबुराम भट्टराई भन्छन् भित्र खाओवाद बाहिर माओवाद,एमसीसी पास गर्न दवाव
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई गिजोलिएको भन्दै यसको परिणाम गम्भीर हुने बताएका छन् । एमसीसी पारितको पक्षमा बोल्दै आएका भट्टराईले अति भए खति हुने चेतावनी पनि दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले माओवादीको दोहोरो चरित्रमाथि व्यंग्य समेत गरेका छन्। उनले भित्र खाओवाद र बाहिर माओवादी भन्दै नेपाली राजनीतिमा यो पाखण्डी प्रवृत्ति रहेसम्म देश नबन्ने टिप्पणी गरेका छन् । ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात, भित्र खाओवादबाहिर माओवाद।’ भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुन सक्दैन तबसम्म देश बन्दै–बन्दैन।
एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुन सक्छ, अति भए खति हुन्छ है।’ भट्टराईले यसअघि पनि एमसीसी मुलुकको हितमा रहेको भन्दै पारित गर्न जोड दिँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमसीसी पारित, #बाबुराम भट्टराई
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्