Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कोरोना संक्रमणको ग्राफ दैनिक बढ्दो, एकैदिन १२ हजार ३ सय ३८ जना संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट गरिएको २७ हजार ४ सय ९७ परिक्षणमा काठमाडौ उपत्यकामा ६ हजार ९ सय ८१ नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएतापनि संक्रमण पुष्टि हुने दर भने घटेको छ ।

बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२.६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७.९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४.७ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ । संक्रमण भने बुधबार ११ हजार ३ सय ५२ जना र मगंलबार १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

६ सय ४९ जना निको भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको छ । जसमध्ये ५५ हजार ८ सय ३६ जना होमआइसोलेसन र १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् । उपचारमा रहकामध्ये १ सय जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं