Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

माओवादीका सबै संरचनामा अध्यक्ष मात्रै, टिके प्रथाले कार्यकर्तामा असन्तुष्टि नै असन्तुष्टि


काठमाडौं । नेकपा माओवादी केन्द्रले निकै तामझामका साथ काठमाडौमा आठ दिन लगाएर गरेको आठौं राष्ट्रिय महाधिवेशनबाट दुई सय ९९ जनाको केन्द्रीय कार्यसमिति चुनिनुपर्नेमा महाधिवेशनको हलबाट दुई सय ३६ जना केन्द्रीय सदस्य मात्र चुनिए । अझै बाँकी ६३ जना केन्द्रीय सदस्य मनोनयन गर्न समय लाग्ने देखिएको छ । महाधिवेशन सकिएपछिको पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्षलगायतका १५ सदस्य केन्द्रीय पदाधिकारी चुन्ने भने पनि पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई मात्र चुनेको छ ।

बाँकी १४ सदस्य पदाधिकारी अझै चुनिएका छैनन् । केन्द्रीय कार्यसमितिमा दुई ९९ मध्येका अझै ६३ जना केन्द्रीय सदस्य मनोनित हुन बाँकी छन् । यसैगरी सोही केन्द्रीय कार्यसमितिले थप १५ प्रतिशत सदस्य मनोनित गर्न पनि बाँकी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति पूर्ण हुँदा तीन सय ४४ जना केन्द्रीय सदस्य हुने विधानले व्यवस्था गरेको छ । तर, पदाधिकारी मध्येको महासचिवमा आकांक्षी वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, पंफा भूषालसहित पाँच जना भएपछि उनीहरुबीच सहमति कायम गर्न भन्दै पुस २५ गतेसम्मलाई निर्वाचन स्थगित गरिएको थियो ।

वर्षमान पुन चीनबाट नआएको र नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढेसँगै अध्यक्ष प्रचण्ड, निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठलगायतका पदाधिकारीलाई भाइरसको संक्रमण भएकाले आगामी माघ ८ गतेसम्मका लागि माओवादी केन्द्रले निर्वाचनका सवै कार्यक्रम स्थगित गरेको छ ।
भातृसंगठनमा टिके प्रथाले निम्त्याएको प्रश्न ?
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशनबाट अध्यक्षमा विष्णु सापकोटा र केन्द्रीय सदस्यहरूको घोषणा भयो । केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी छान्ने भन्दै महाधिवेशन सकिएको घोषणा गरियो । तर, अहिलेसम्म बनाइएको छैन् ।

त्यस्तै, अखिल क्रान्तिकारी को २२ औं सम्मेलन गत असोज १५–१६ मा भयो । तर, सम्मेलनले अध्यक्षबाहेकको नेतृत्व दिन सकेको छैन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका थिए । विधान कार्यान्वयन नगरेको भन्दै प्रतिनिधिहरूले नाराबाजी र तोडफोड समेत समेत भएको थियो ।

त्यस्तै, योङ कम्युनिष्ट लिग वाईसीएल को अवस्था पनि फरक छैन । गत भदौ १२–१३ मा वाईसीएलले राष्ट्रिय भेला आयोजना गरेको थियो । करिब एक हप्तासम्म पनि नेतृत्व चयन गर्न नसकेपछि २३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरिएको थियो । त्यसको एक हप्तापछि बसेको केन्द्रीय समितिको पहिलो पूर्णबैठकले सुमन देवकोटालाई राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजकको जिम्मेवारी दिएको थियो ।

त्यस्तै सुबोध शेर्पाइलीलाई सहसंयोजक बनाइयो । अब उनको नेतृत्वमा तेस्रो राष्ट्रिय सम्मेलन भएपछि मात्रै वाईसीएलले पूर्ण नेतृत्व पाउने छ तर यो कहिले हुन्छ भन्ने ठेगान छैन । ‘जनवादी केन्द्रियताका नाममा अहिले पनि पार्टीभित्र टीकेप्रथा कायम रहेको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि देखिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं