गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज,कोरोना संक्रमणको प्रभाव
काठमाडौं । कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका पास खारेज गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गर्ने निर्णय गरेको हो।
एक सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने।’ मन्त्रालयले सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरुबाटै नै प्रवेश दिने जनाएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना महामारी, #गृह मन्त्रालयले सिंहदरबार
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्