प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,अव खुल्ला त संसद अवरोध
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा भेटवार्ता गर्न ओलीनिवासमा बालकोट पुगेका थिए । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो ।
निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो । जसअनुसार देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।
आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्योदश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट छन् । एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । देउवा र ओलीबीच सहमति भयो या भएन भन्ने कुनै कुरा खुलाइएको छैन । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्