बालुवाटार जग्गा प्रकरणमा विजय गच्छदार र दीप बस्न्यातलाई पनि पक्राउ गर्न अनुमति
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पूर्वमन्त्री विजय गच्छदार र अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातविरुद्ध पनि पक्राउ पुर्जी लिएको छ ।
जिल्ला अदालत काठमाडौंले ३ सय बढीलाई पक्राउ अनुमति दिएकोमा गच्छदार र दिप बस्न्यात लगायत तत्कालीन कतिपय मन्त्री र सचिवहरु समेत परेको बताइएको छ । उनीहरुविरुद्ध कात्तिक २७ गतेभित्र किर्ते मुद्दा दर्ता हुनेछ । यसअघि अख्तियारले पनि उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
यसैबीच गच्छदार र बस्नेत सहित तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई अनुमति दिएको हो । बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र तीन सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको छ । एकैपटक ठुलो संख्यामा पक्राउ गरेर अनुसन्धान गर्न सहज नहुने भन्दै संलग्नता र कसुरको मात्रा हेरेर क्रमशः पक्राउ गर्दै बयान लगायतका आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने जनाइएको छ । ललिता निवास जग्गा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दिप बस्न्यात, #बालुवाटारस्थित ललिता निवास, #विजय गच्छदार
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्