अझै झुट बोल्दै गाउँपालिका अध्यक्ष, अमेरिका जाने खर्चबारे गराए कीर्ते कागज
काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकाले ७७ लाख रुपैयाँ खर्चेर ९ जनाको टोली अमेरिका पठाउने निर्णय सार्वजनिक भएपछि बचाउ गर्दै अर्को निर्णय गराएको भेटिएको छ । एक बिज्ञप्ती जारी गर्दै गाउँपालिकाले कार्यक्रममा लाग्ने सबै खर्च सहभागी व्यक्तिहरुले नै ब्यहोर्ने शर्तमा निर्णय गरिएको बताएको छ । तर, गाउँपालिका कार्यालयका कर्मचारीहरु नै किर्ते गरेर ‘नयाँ निर्णय’को माइन्युट तयार गरिएको बताएका छन् । वडाध्यक्षहरुले पनि पुस १५ गते बसेको बैठकमा अमेरिका भ्रमणबारे कुनै छलफल नभएको अहिले पनि बताइरहेका छन् ।
मंसिर २४ पछि बसेका कुबै पनि बैठकमा खर्च कसले कसरी बेहोर्ने भन्ने निर्णय नभएको भन्दै गाउँपालिकाका कर्मचारीसँग मिलेर अध्यक्ष पासाङ नुर्बु शेर्पाले किर्ते निर्णय गराएको दाबी गरिरहेका छन् । पुस १५ को ‘ब्याक डेट’ राखेर व्यक्तिगत खर्चमा जाने गरी हिजो पुस १९ गते फर्जी माइन्युट तयार गरिएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्नुअघि नै सबै वडाध्यक्षको हस्ताक्षर लिन अध्यक्षले प्रयत्न गरेका थिए । केही वडाध्यक्षले भने कीर्ते काममा सहभागी नहुने जावाफ दिएर फर्काएको बताइएको छ ।
गत मंसिर २४ गते गाउँपालिकाले १८ १९ जनवरी २०२२ माघ ४ र ५ गते अमेरिकामा हुने ‘छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसन’ मा सहभागी हुने टोलीको खर्च व्यहोर्ने निर्णय गरेको थियो । कार्यक्रमका लागि अमेरिकाको ‘स्मार्ट ग्रिड अब्जर्बर’ले गाउँपालिकालाई निमन्त्रणा गरेको छ । संस्थाको निमन्त्रणा स्वीकार्दै गाउँपालिकाले ९ जनाको टोली अमेरिका पठाउने र उनीहरुका लागि लाग्ने ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च विवरण पनि पास गरेको थियो ।
गाउँपालिकाको खर्चमा अमेरिका जान लागेकाहरुमा गाउँपालिका अध्यक्ष शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाल छन् । गाउँपालिकाको निर्णयअनुसार टोलीले १० दिन अमेरिकामा जाने योजना बनाएका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्