मन्त्री रामकुमारी झाँक्रीले लिइन पिर्के सलामी,सामाजिक सञ्जालमा अर्को आलोचना
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्लामा प्रहरीबाट पिर्के सलामी ग्रहण गरेको विषयले सामाजिक सञ्जाल यतिबेला तातिएको छ । सत्ताबाहिर रहेका बेला उनले आफै लेखेको स्टाट्स बिर्सिएर झाँक्री आफू मन्त्री भएपछि दोहोरो चरित्र देखाएको भन्दै आलोचना भइरहेको छ । मन्त्री झाँक्रीलाई गृहजिल्ला मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालयमा पिर्के सलामी दिइएको थियो । पाँच प्रहरीे लागेर दिएको सलामी रातो कपडा ओछ्याइएको पिर्कामा उभिएर उनले ग्रहण गरेकी थिइन् । उक्त पिर्के सलामीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनै झाँक्री हुन् जसले दुई वर्ष अगाडि स्थानीय तहमा पिर्के सलामी दिइएको तस्वीर पोष्ट गर्दै मजाक बनाएकी थिइन् । त्यसबेला उनले लेखेकी थिइन्, ‘यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलार्ई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे ।’ उनले कुर्सीमा उभिएर सलामी खाएको तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्, ‘टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी ।
चर्को आलोचनापछि झाँक्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । सचिवालयले विज्ञप्ति जारी गर्दै यो विषयलाई सामान्य रुपमा लिन आग्रह गरेको छ । हामीलाई सामाजिक सञ्जालमा आलोचना हुनछ भन्ने पनि थाहा थियो । तर, यो कुनै आलोचनाको विषय भने होइन । कानुन अनुसार राज्यको एउटा अंगले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मन्त्री रामकुमारी झाँक्री
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्