कांग्रेसको दलिततर्फको खुला केन्द्रीय सदस्यमा एक नम्बरमा बिजय भए मानबहादुर नेपाली
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट केन्द्रीय सदस्यमा मानबहादुर नेपाली निर्वाचित भएका छन् । दलित खुला केन्द्रीय सदस्य तर्फको मतगणनामा अन्तिम नतिजा अनुसार २ हजार २ सय ९० मत ल्याएर पहिलो नम्बरमा बिजय भएका हुन् । ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।
नेपाली सहित प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन् । निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन् भने अरु सबै देउवा प्यानलका हुन् । नेपाली बिजयी भएसँगै नेपाली कांग्रेस रुकुमले पहिलो पटक केन्द्रीय सदस्य पाएको छ ।
नेपालीले राजनीतिक शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । उनी १२औं महाधिबेशनबाट रुकुमको पार्टी सभापति बनेका थिए । २०५२ सालमा नेपाल बिद्यार्थी संघ रुकुमको सभापति बनेका उनी २०५४ सालमा नेपाल तरुण दलको जिल्ला अध्यक्ष भए । नेपाली १०औं महाधिबेशनबाट नेपाली काँग्रेसको जिल्ला सचिव भएका थिए ।
नेपाल तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय सचिव समेतको जिम्मेवारी नेपालीले सम्हालेका छन् । २०७१ सालमा राष्टिय दलित आयोगको अध्यक्षका रुपमा दूई बर्ष काम गरेको अनुभव नेपालीसँग छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बालेनलाई प्रधानमन्त्री बन्न बाटो खुल्यो, रास्वपाले बनायो संसदीय दलको नेता
- २कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- ३सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ४रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
- ५महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन



तपाईको कमेन्ट लेख्नुहोस्