क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारवाही, किन क्यानले साध्यो रिसीबी

काठमाडौं । नेपाल क्रिकेट संघ, क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार जना खेलाडीलाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेसँगै यो विषयलाई लिएर नेपाली खेल क्षेत्र तातेको छ । यो कारवाहीलाई कतिपयले खेलाडीमाथि क्यानले रिसीबी साँधेको रुपमा लिएका छन् भने कतिपयले खेलाडीलाई अनुशासनमा बाँधनु सही कार्य भएको समेत बताएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा उदाउँदै गरेको नेपाली क्रिकेटलाई क्यानको पछिल्लो निर्णयले केही धक्का दिने पक्का छ ।
क्रिकेट खेलाडीहरुले ग्रेडिङसम्बन्धि कुरा मिडियामा बोलेको भन्दै क्यानले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिनु सट्टा कप्तान ज्ञानेन्द्र मल्ल सहितका खेलाडीले उल्टै हस्ताक्षरसहित ११ बुँदे मागपत्र पेस गरेका थिए । क्यानले त्यसलाई सही सकारात्मक रुपमा लिन सकेन । लगत्तै सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा अनुशासन कमिटी गठन गरेको थियो । त्यही समितिको प्रतिवेदनका आधारमा क्यानको बोर्ड बैठकले कप्तान मल्लसहित चार खेलाडीलाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाहि गरेको छ ।
कारबाहीमा पर्नेमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, बलर सोमपाल कामी र कमलसिंह ऐरी रहेका छन् । अहिले युवा खेलाडी सन्दीप लामिछानेलाई क्यानले राष्ट्रिय टिमको कप्तानीको जिम्मेवार दिएको छ । जसलाई सकारात्मक रुपमा नै लिइएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले निकट भविष्यमा नै विभिन्न अन्तर्राष्ट्रिय खेलको तयारी गरिहेको छ । यस्तो अवस्थामा खेलाडीलाई सम्झाइ बुझाइ गर्नु सट्टा कारवाही गरेर क्यानले सही निर्णय लिन नसकेको बताउन थालिएको छ ।
नेपालको प्रथम अन्तर्राष्ट्रि क्रिकेट टोलीका सदस्य किरण समसेर राणा समेत क्यान खेलाडीहरुको घर भएको कारण दुवै पक्ष बसेर यो विषयलाई सकारात्मक निश्कर्षमा पु¥याउनु पर्ने बताउँछन् । साथै उनी दुवै पक्षले आफना गल्ती स्विकार्दै अघि बढ्नु पर्ने बताउँछन् । नेपालको खेल क्षेत्र वास्तव मै अनुशासहिन छ । न खेलाडी नत संघका पदाधिकारीले आफ्नो जिम्मेवारी अनुसार काम गर्न सकेका छन् ।
नेपाललाइृ अन्तार्रष्ट्रिय क्षेत्रमा परिचित गराउन दिनरात खट्ने खेलाडीलाई सनकको भरमा कारवाही गरेर बेइज्जत गर्नु कुनै पनि अर्थमा सही हुन सक्दैन । उता आफ्नै कारणले मात्र खेलको अस्तित्व टिकेको छ भन्ने भ्रममा रहेका खेलाडीले समेत खेलको न्युनतम मर्यादाभन्दा बाहिर गएर राष्ट्रिय संघसँग जोरी खोज्नु पनि उचित हुँदैन । तर, अब क्यानले खेलाडीको आत्मसम्मानलाई बढावा दिन आफ्नो निर्णयमा पुनर्विचार गर्न जरुरी छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल क्रिकेट संघ
तपाईको कमेन्ट लेख्नुहोस्