Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

एमालेको सूर्य चिन्हबाट चुनाव जितेका हृदयेश त्रिपाठीले खोले नयाँ दल


काठमाडौं । नेकपा एमालेको सुर्य चिन्हमा प्रतिनिधि सभाको चुनाव जितेका सांसद हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । आज एक कार्यक्रममा त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, जप्रपा गठन भएको घोषणा गरिएको हो । त्रिपाठीको पार्टीका कतिपय मुद्दा मधेश केन्द्रित छन् । साथै गठनसँगै जप्रपा संविधानको स्वामित्व लिने पहिलो मधेश केन्द्रित दल समेत बनेको छ । नेकपा एमालेको सुर्य चिन्हमा प्रतिनिधि सभाको चुनाव जितेका सांसद हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ राजनीतिक दल जनता प्रगतिशील पार्टी, जप्रपा गठन भएको छ ।

मंगलबार पार्टी घोषणा कार्यक्रममा सांसद हृदयस त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ दलको आवश्यकताभन्दा पनि दलहरु वैचारिक बहस शून्य भएकोले नयाँ पार्टी गठन गर्नु परेको बताए । हुनत त्रिपाठी दल समेत मधेश केन्द्रित नै छ । तर, यो दलले गठनसँगै संविधानको स्वामित्व समेत लिएको छ । त्यसैले जप्रपा संघीय गणतान्त्रिक नेपालको संविधानको स्वामित्व लिने पहिलो मधेश केन्द्रित दल बनेको छ । पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका त्रिपाठी एमालेसँग मिलेर चुनाव चिन्ह सूर्यबाट निर्वाचन जितेका सांसद समेत हुन् ।

२०७४ सालको प्रतिनिधि सभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा क्रियाशील त्रिपाठीले एमालेको चुनाव चिन्ह लिएर सांसद बन्नु अघि नै राजपा परित्याग गरेका थिए । अहिले वैधानिक आधारमा एमालेका सांसद रहेका त्रिपाठीले नयाँ दल गठन गरेसँगै उनको सांसद पद समेत धरापमा परेको छ । नयाँ दलको घोषणा गदै त्रिपाठीले राज्यका तीनवटै अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्यवयनमा बाधा उत्पन्न भएकाले मुलुकको राजनीति नै लिक भन्दा बाहिर गइरहेको धारणा राखे ।

त्रिपाठीले अन्य दलको आलोचना गरेर आफूलाई असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा रुचि नरहेको तथा अन्य दलप्रति आत्मिय सम्मान रहेकोब बताएका थिए । साथै उनले कैलाली घटनाका दोषी सांसद रेशम चौधरीको रिहाइको माग गर्दै थारु समुदायलाई आफूतर्फ आकर्षित गर्ने प्रयास पनि गरेका छन् । साथै जप्रपाले एमसीसीका विषयमा राष्ट्रिय सहमति हुनुपर्ने अन्यथा देशप्रति अन्तर्राष्ट्रिय विश्वसनीयतामा ह्रास आउने भन्दै एमसीसी सम्झौताको पक्षमा आफूलाई उभ्याएको छ । नयाँ पार्टी घोषणा कार्यक्रममा कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल तथा लेखक तुलानारायण साह ड्यासमा उपस्थिति थियो । तर, पार्टीमा उनीहरुको भूमिका के हो भन्ने बारे केही खुलाईएको छैन ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #हृदयेश त्रिपाठीले खोले नयाँ दल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं