उपभोक्ताहरु बजारमा पाइलैपिच्छे ठगिदैं,अनुगमन गर्ने निकाय भने मौन
काठमाडौं । मूल्यवृद्धि र अस्वभाविक गतिबिधि गर्नेहरुका कारण यतिबेला उपभोक्ताहरु बजारमा पाइलैपिच्छे ठगिइरहेका छन् । इन्धनको मूल्यवृद्धिपछि भएको ढुवानी भाडा वृद्धि लगायत अनेक बहाना बनाएर यतिबेला उपभोक्ताको भान्सा महंगो बनाउने क्रियाकलाप बजारमा यत्रतत्र सर्वत्र भइरहेको छ । एउटा उपभोक्ता घरबाट बाहिर निस्केर पुनः घरमा नपुगुञ्जेल पाइलैपिच्छे कुनै न कुनै बहानामा ठगिरहेका छन् । उपभोक्तालाई बाध्यता छ, बजारमा जे छ त्यो भन्दा अरु कारोबार गर्ने कुनै विकल्प छैन । उदाहरणका रुपमा बजारमा खानेतेलको मूल्य दोब्बर बढ्दा पनि पैसा होस् या नहोस् चुपचाप बसेर किन्नुको विकल्प बनेन ।
यता सरकारी नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमितरुपमा दैनिक अनुगमन गरिरहेको दाबी गर्दै गलत क्रियाकलाप गर्नेहरुमाथि कार्यस्थलमा कारबाही गर्ने गरेको दाबी गरेको छ । विभागका साथै ५ प्रादेशिक कार्यालय, देशैभरका जिल्ला प्रशासन कार्यालय, स्थानीय निकायमार्फत फर्म तथा कम्पनीको अनुगमनका साथै उनीहरुलाई कैद र जरिवाना गराउने कार्य भइरहेको जनाएको छ । विभागले अघिल्लो आर्थिक वर्षमा २ हजार ९ सय ९४ कम्पनी तथा फार्मकोे अनुगमन गरेको जनाएको छ ।
प्रादेशिक कार्यालयबाट १ हजार ८ सय ५, जिल्ला प्रशासन कार्यालयबाट ८ हजार १५ अनुगमन गरेर कुल १ हजार ६ सय ५१ कम्पनीलाई काराबाही एवं जरिवाना गरेको थियो । चादु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा विभागले १ हजार ३ सय ५५ अनुगमनबाट ६ सय ४७ फर्म तथा कम्पनीलाई कारबाही एवं जरिवाना गरी ८६ लाख २९ हजार रुपैयाँभन्दा बढी राजश्व असुलउपर गरेको छ ।
सोमबार मात्रै विभागले गलत क्रियाकलाप गर्ने केही कम्पनीका सञ्चालकलाई जरिवानासहित तीन महिनाको कैद सजाय गरेको छ । अबका दिनमा गलत क्रियाकलाप नगर्न सबैलाई सचेत गराउँदै विभागले गैरकानुनी कार्य गर्नेहरुको सूचना दिन पनि उपभोक्तासमक्ष आग्रह गरेको छ । सर्वसाधारणको सूचनाको आधारमा बजारमा गलत कार्य गर्ने जो कोहीलाई पनि कारबाही गर्न पछि नपर्ने विभागको चेतावनी छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपभोक्ता, #मूल्यवृद्धि र अस्वभाविक
ताजा खबर
- १फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- २सञ्चारमाध्यममा आएपछि जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
- ३काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा
- ४असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री
- ५उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार चलाउनेछः कुलमान घिसिङ



तपाईको कमेन्ट लेख्नुहोस्