नेपालमा पनि भित्रियो कोरोनाको ओमिक्रोन भेरियन्ट,संक्रमणबाट बच्न यी उपाय अपनाऔं
काठमाडौं । दक्षिण अफ्रिकाबाट सुरु भएर विश्वका ३५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि भेटिएको छ । भारतका विभिन्न राज्यमा तीब्र गतिमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या बढ्दै जानु र नेपालमा समेत २ जनामा यो भेरियन्ट पुष्टि भएसँगै कोरोना महामारीको तेस्रो लहरको घण्टी बजेको रुपमा लिन थालिएको छ । विज्ञहरु भने व्यापक रुपमा संक्रमण फैलिएका देशबाट आउनेलाई कडाइ नगरिने हो भने भयावह स्थिति आउने बताउँछन् । कोरोना महामारीको पहिलो र दोस्रो लहरले ल्याएको पीडादायक समयलाई बिस्तारै बिर्सन थालिएकै समयमा तेस्रोे लहरको त्रास बढेको छ ।
केही दिन अगाडि मात्रै विश्वका अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले आर्तक मचाउन थाल्दा नेपाल सुरक्षित देखिएको थियो । तर, सरकारले समयमा नै सजगता अपनाउन नसक्दा यो भेरियन्टका संक्रमित नेपालमा समेत भेटिएका छन् । अत्याधिक तीब्र गतीमा फैलिने ओमिक्रोन भेरियन्टका अब भने हलुकासँग लिन नहुने विज्ञहरुको सुझाव छ । अब पनि सरकार र नागरिकले लापरवाही गर्ने हो भने कोरोना महामारीको तेस्रो लहरबाट बच्न नसकिने चेतावनी समेत विज्ञहरुको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी व्यक्ति र उनीसँग सम्पर्कमा आएका अर्का एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको हो ।
सरकारले तोकेको मापदण्ड अनुसार नेपाल प्रवेश गरेका उनीहरुको जिन सिक्वीन्सिङपछि ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको सम्पर्कमा आएका ६६ जनाको कन्ट्रयाक्ट्रेसिङ गर्दा परिक्षणका सबै नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, अहिले नेपाल सहित विश्वका ३६ मुलुकमा फैलिसकेको छ । भारतमा समेत ओमिक्रोनका २२ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो समय पुष्टि भएको यो भेरियन्टलाई विगतमा भेटिएका भेरियन्टभन्दा बढी संक्रामक मानिएको छ । यसको प्रकोपलाई नियन्त्रण गर्न फेरि सारा विश्वलाइ नै द्यौ द्यौ पर्ने देखिएको छ । संक्रमण फैलिएका देशहरुबाट हुने आवतजावतलाइ कडाइ नगरिने हो भने नेपालले पनि भयावह स्थितिको सामना गर्नु पर्ने भन्दै विज्ञहरुले सचेत गराएका छन् । डेल्टा भेरियन्टभन्दा बढी संक्रामक मनिएको ओमिक्रोन भेरियन्टलाई फैलिन नदिन सरकारले क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने, परिक्षणको दायरा बढाउनुपर्ने र खोप अभियानलाई अझै तिव्र बनाउनुपर्ने विज्ञको सुझाव छ ।
नागरिकले समेत आफूलाई सजग बनाएर जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने सरुवारोग विषेशज्ञ डा .शेरबहादुर पुन बताउँछन् । ओमिक्रोनको संक्रमण फैलिन थालेसँगै कतिपय देशमा फेरि लकडाउन तथा आवताजवतमा कडाइ गरिएको छ । ३० भन्दा बढी पटक उत्परिवर्तित भएको मानिएको ओमिक्रोन भेरियन्ट कति संक्रामक छ र यो विरुद्ध खोप कति प्रभावकारी छ भन्नेबारे भने प्रस्ट भइसकेको छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ओमिक्रोन भेरियन्ट नेपालमा
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्