कांग्रेस कर्णालीको सभापतिमा ललितजङ्ग शाही निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १ सय ५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।
सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत पाएका थिए । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य भएका थिए ।
कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ललितजङ्ग शाही निर्वाचित
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्