एमालेमा निर्वार्चित अध्यक्ष सहित सबैले लिए सपथ, मंसिर २५ र २६ गते बोलाइयो केन्द्रीय कमिटीको दोस्रो बैठक
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । ओलीले १० औं महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाबाट सपथ लिएका हुन् । आफूले सपथग्रहण गरेपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए । ३०१ निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये भीम रावलले भने सपथ खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका थिए ।
सपथपछि अध्यक्ष ओलीले आफनो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरे । महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए । अध्यक्ष ओलीले पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उनले बताए । उनले अबको ३ महिनासम्म पार्टी प्रवेश अभियान चलाउने भन्दै पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने दाबी गरे । एमालेको निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै बसेको छ ।
सपथग्रहणपछि बैठक चिवतनको सौराहामा बसेको हो । केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ । सोही बैठकबाट पोलिटब्यूरो, स्थायी कमिटी निर्माण र जिल्ला तथा प्रदेश कमिटी अधिवेशन कार्यतालिका बन्ने ओलीले बताए । मंगलबार भएको मतदानमा अध्यक्षमा केपी शर्मा ओलीसँगै अन्य पदाधिकारीमा समेत उनकै प्यानलमा रहेका नेताहरुलाई विजयी भएका थिए । अध्यक्षमा विजयी ओलीले १ हजार ८ सय ४० मत पाउँदा उनी विरुद्ध चुनाव लडेका भीम रावलले २ सय २३ मत पाए ।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुबास नेम्बाङ, प्रदिप ज्ञवाली र रामबहादुर थापा विजयी हुँदा घनश्याम भुसाल पराजित भएका छन् । सचिवमा ओलीको रोजाइमा परेका गोकर्ण विष्ट, योगेस भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठले जितेका छन् । सचिवमा चुनौती दिएका भीम आचार्य र टंक कार्की भने पराजित भए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा सहमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदिप ज्ञवाली र विष्णु रिमाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्