देउसी भैलोबाट १ लाख ४० हजार संकलन, धादिङको स्थानपति माविलाई सहयोग
काठमाडौं । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका १० ज्यामरुङस्थित श्री स्थानपति मावि र स्थानपति मावि भुपु विद्यार्थी समाजले संयुक्त रुपमा दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम गरेका छन् ।
देउसी भैलो कार्यक्रमबाट एक लाख ४० हजार रुपैयाँ उठेको र उक्त रकम स्कुलको भौतिक पुर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा खर्च गरिने भुपु विद्यार्थी समाज स्थानपति माविका वरिष्ट उपाध्यक्ष शंकर जङ्ग इटनीले जानकारी दिए ।
विगतमा आफुले अध्ययन गरेको विद्यालयमा शैक्षिक गतिविधिहरुमा संलग्न भइराख्नको लागि शुभकामना आदानप्रदान र देउसी भैलो कार्यक्रमको आयोजना गरिएको भुपु विद्यार्थी समाजका वरिष्ट उपाध्यक्ष समेत रहेका पूर्व विद्यार्थी इटनी बताउँछन् ।
आगामी दिनमा पनि विद्यालयको भौतिक र शैक्षिक वृद्धि विकासका छात्रबृति, पुर्वाधार निर्माण लगायतका कामहरुमा पूर्वविद्यार्थीहरुले योजनाबद्ध हिसावले सहयोग गर्दै जाने समेत इटनीले जानकारी दिए । कार्यक्रममा विद्यालयका शिक्षक अध्यनरत विद्यार्थी, अविभावक र भुपु विद्यार्थी समाजका प्रतिनिधीसहित २ सय जना भन्दा बढी उपस्थित थिएका थिए ।
क्याटेगोरी : अर्थ, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #दिपावली तथा छठ, #निलकण्ठ नगरपालिका
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्