देउसी भैलो खेल्नमा पनि प्रशासनको हस्तक्षेप,९ बजेपछि खेल्न नपाइने सुचना जारी
काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न निषेध गरिएको सुचना मंगलबार राति जारी भयो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले देउसी भैलोको समय तोकेपछि सामाजिक सञ्जालमा यो निर्णयको चर्को विरोध भइरहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयको अनुमति लिएर देउसी भैलो खेल्ने समय तोकेका हुन् ।
उपत्यकामा बाहेक अरु जिल्लामा पनि सीडीओहरुले आफ्नो अनुकुल देउसी भैलो खेल्ने समय किटान गरेर सूचना जारी गरेका छन् ।रात्रि क्लब र डान्सबार रातभर खुल्न दिए पनि सरकारले देउसी भैलोमा भने हस्तक्षेप गरेको नागरिकहरुको गुनासो छ । देउसीमा समय तोक्नुमा स्थानीय प्रशासनले ‘शान्ति सुरक्षा’ र ‘कोभिड–१९ संक्रमण’लाई मुख्य कारण बताएको छ । तर, जनतालाई सुरक्षा दिनु सरकारको दायित्व भएको नागरिक समुदायको तर्क छ । कोरोना संक्रमणको कारण देखाउदै प्रशासनको उक्त निर्णयलाइ कालाकारहरुले भने आफ्नो संस्कृतिमा माथि प्रतिबन्ध लगाउन खोजेको भन्दै आलोचना गरेका छन् ।
यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला हुन सक्ने हुदा तोकी प्रशासनले आदेश दिएको हो ।
भिडभाडले केही मन्थन भएको कोरोना संक्रमण फेरि पनि फैलिने होकी भन्ने चिन्ता पनि छ । तर कलाकारहरुले भने जिल्ला प्रशासनको निर्णय गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बरिष्ठ कलाकार बम बहादुर कार्कीले कुनै संस्था पार्टीबाट आयोजित कार्यक्रम नयाँ बर्षको उत्सव मेला लगाएतमा कुनै खालको प्रतिबन्ध नलगाउने तर नेपालीहरुको संस्कृतिक पर्वमा सस्कृति माथिनै प्रभाव पार्ने निर्णय प्रशासनबाट भएको भन्दै असन्तृष्टि जनाए । देउसी भैलो खेल्दा सबै जना जम्मा भएर गीत गाउने, तथा समूहमा भेला हुन्छन्। त्यसैले तिहारमा देउसी–भैलो खेल्दा कोरोनाको जोखिम अत्यधिक हुने हुदा कोरोनाको जोखिम बढ्ने भन्दै प्रशासनले यस वर्ष पनि देउसी भैलो खेल्न संकुचित गरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #देउसी भैलो
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्